
झापा । झापामा फलामको पाइपले हानेर एक युवकलाई गम्भीर घाइते बनाउने दुईजना पक्राउ परेका छन् ।
गएराति अन्दाजी १०ः३० बजे कनकाई नगरपालिका ७ मन्सापुर बस्ने २० वर्षीय दीपक राई र सोही ठाउँ बस्ने २२ वर्षीय सुजन राजवंशीले कनकाई ६ बस्ने अन्दाजी १८ वर्षीय आयुष भुजेललाई फलामको पाइपले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घाइतेको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट दुर्गापुरबाट प्रहरी टोली खटिएर कुटपिट गर्ने राई र राजवंशीलाई फलामको पाइपसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।