२०८१ चैत ३, आइतवार , ०३:१२:१८ बजे

Sajhamanch
'

होलीमा मापसे गरी चलाएका ५७ वटा सवारी साधन कारवाहीमा

आइतवार, चैत ३, २०८१

झापा। होलीमा मादक पदार्थ सेवन गरी चलाएका ५७ वटा सवारी साधन कारवाहीमा परेका छन् ।

होलीका दिन झापामा ४०९ वटा मोटरसाइकल , ३१ वटा अटो र सिटी सफारी तथा एउटा कार गरी ४४१ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो । त्यसमध्ये १७९ वटालाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्वाही पर्नेमा ५७ वटा मापसे सेवन गरी चलाउनेहरु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पौडेलले बताए । उनले अझै १५ वटा सवारी साधन होल्डमै रहेको जानकारी दिएका छन् ।

सम्बन्धित खबर