
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् ।
ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् ।हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।त्यसपछि भने धनगढी उपमहानगरपालिका-८ मा निर्माण गरिएको सिटी हल उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।