
झापा । नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले शदीहको सपना पूरा गर्न नसक्ने उद्घोष गरेका छन् ।
नेकपा (एमाले) झापा र इलाम जिल्ला कमिटीको आयोजनामा फागुन २१ गते सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उनले शहीदको सपना पूरा गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताएका हुन् ।
सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका शहीदहरुको सपना पूरा हुने बताउँदै उनले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान पनि गरेका छन् ।
माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३औं सहीद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भने– ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु मूलुप्रवाहमा समाहित हुनुहोस् ।’
नेपाली जनताको मुक्तिका लागि जीवन बलिदान दिने शहीदहरुको सपना साकार पार्न एमाले बाहेकले खुट्टा कमाउने अवस्था छ, उनले भने– अरुका खुट्टा लरबराउन सक्छन्, बाटो विराउन सक्छन् । गन्तव्यहिन यात्रा रोज्न सक्छन् । तर, एमाले शहीदको सपना पूरा गर्न सधैं प्रतिवद्ध भई लागिरहनेछ ।’
नेता बरालले संविधानका सवल पक्षलाई अघि बढाउँदै कमजोरी रहेको अवस्थामा सच्याएर जानुपर्ने पनि आवश्यकता औंल्याए । संविधान कार्यान्वयनको चरणमा कुनै कमजोरीहरु रहेको खण्डमा सच्याएर जान सकिने धारणा व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि बरालले नेपाली कांग्रेससँग प्रतिष्पर्धा र सहकार्य दुवै रहने स्पष्ट पारे ।
कार्यक्रममा शहीद नेत्र घिमिरेको छोरी कल्पना घिमिरेले शहीद परिवारलाई कुनै स्वार्थ नरहेको जनाइन् । विगतमा सबैखाले समस्याहरु भोगियो, अब जनताको पाउने सुख नै शहीद परिवार एकमात्र स्वार्थ हुने उनको धारणा छ ।
सुखानी शहीदहरुको प्रेरणाले नै लाखौं नेपालीहरु नेकपा एमालेमा लागेको र देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भएको शहीदपुत्री कल्पनाको भनाई छ । उनले शहीदले देखाएको बाटो नभुल्न आग्रह गर्दै जनताको चहानालाई प्राथमिकतामा राखेर जानुपर्ने बताइन् ।