
झापा । भद्रपुर आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका-४ स्थित डागीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो ।
आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र दुई बिगाहा धानको परालमा क्षति भएको छ। आगलागीबाट अन्दाजी ३ लाख बराबरको क्षति भएका घरधनी राजवंशीले जानकारी दिए ।
आगलागीको कारण भने खुलेको छैन । टहरामा लागेको आगो मेचीनगर नगरपालिका र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुरका नगर प्रहरी समेतको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
भद्रपुर नगरपालिकाको दमकल मर्मत सम्भारको लागी बिर्तामोड ग्यारेजमा रहेकोले अन्य पालिकाबाट दमकल आएका थिए ।