
झापा । सशस्त्र प्रहरीले अन्दाजी एक लाख मुल्य बराबरको कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले भद्रपुर नाकाबाट भन्सार छलेर भित्राउँदै गरेको अवस्थामा सो मुल्य बराबरको कपडा बरामद गरेको हो ।
बरामद गरिएको कपडा भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जनाइएको छ । पछिल्लो समयमा सशस्त्र प्रहरी भद्रपुर नाकामा सतर्कता समेत बढाएको छ ।