२०८१ फागुन १७, शनिवार , ०८:०५:३९ बजे

Sajhamanch
'

डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्

शनिवार, फागुन १७, २०८१

काठमाण्डौ । नेपाल आयल निगमले डिजेलरमट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टीतेलको भाउ लिटरमा एक रुपैयाँका दरले भाउ घटाएको हो ।भाउ घटेसँगै डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्छन् । यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखार र दिपायल पर्छन् ।

सम्बन्धित खबर