२०८१ फागुन १५, बिहिवार , ०९:३१:५० बजे

Sajhamanch
'

विराटपोखरीमा पहिलोपटक शिवआरती गरियो

बिहिवार, फागुन १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको विराटपोखरीमा महाशिवरात्रीको सन्दर्भमा बुधबार साँझ शिवआरती गरिएको छ ।

महाभारतकालीन इतिहास बोकेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थल विराटपोखरीमा पहिलोपटक शिवआरती गरिएको हो ।

हजारौं भक्तालुहरुको उपस्थितिमा विराट सरोवर समितिको आयोजनामा भएको शिवआरती सम्पन्न गर्न बिर्तामोड नगरपालिका, ३ नं. वडा कार्यालय, स्थानीय बासिन्दा एवम् धार्मिक मनहरुबाट सहयोग जुटाएर कार्यक्रम गरिएको सचिव जगन्नाथ भट्टराईले जानकारी दिए ।

साँझ ६ बजे शिवआरती गरिने प्रचार भए पनि साँझ ८ः३० बजेमात्र सुरु गरिनुले आयोजकलाई आगामी दिनहरुमा यस्ता कार्यक्रम समयमा नै सम्पन्न गर्न सहभागी भक्तालुहरुले सुझाएका छन् ।