
मेचीनगर । पाउ पाथीभरा सञ्चार प्रालिद्वारा प्रकाशन तथा प्रशारण हुँदै आएको मेचीनगर अनलाइन डटकम आजदेखि तेस्रो वर्षमा प्रवेश गरेको छ ।
मेचीनगर–६ मा कार्यालय रहेको सो अजलाइन २०७९ फागुन १४ गतेबाट सुरु भएको थियो ।
खोजमुलक र ताजा समाचारहरु अनलाइनको माध्यमबाट पढ्ने पाठकहरुको रुचीलाई मध्यनजरमा राखेर सञ्चालन गरिएको मेचीनगर अनलाइन छोटो समयमा धेरै पाठकहरुको अपार माया जित्न सफल भएको सम्पादक अर्जुन कार्कीको दावी छ ।
अनलाइनमार्फत् व्यवसायिक पत्रकारितालाई शिरमा राखेर स्थानीय समाचारलाई बढी प्राथमिकता दिने प्रयास गरिरहेको सम्पादक कार्कीको भनाई छ ।
सबै राजनीतिक दल, पेशा, व्यवसाय, धर्म र संस्कृति, भाषाभाषी, जातजाति, क्षेत्र, वर्ग, लिंग लगायतका समाचारहरुलाई समावेशी ढंगबाट प्राथमिकताका आधारमा प्रकाशन गर्दै आएको उनले बताए ।