२०८१ फागुन १०, शनिवार , ०४:५७:४४ बजे

Sajhamanch
'

राष्ट्रिय जनसांस्कृतिक महासंघ मेचीनगरमा नेतृत्व चयन

शुक्रवार, फागुन ९, २०८१

मेचीनगर । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल मेचीनगरको प्रथम अधिवेशनले चक्र पाख्रिनको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

बिहीबार काँकरभिट्टास्थित एमाले नगर तथा क्षेत्रीय पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले पाख्रिनको नेतृत्वमा १३ सदस्यीय राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रथम नगरकमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा पुष्प भट्टराई, महिला उपाध्यक्षमा लक्ष्मी अच्युत ढुंगाना, सचिवमा गम्भीरध्वाज मगर, कोषाध्यक्षमा निरु खवास सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा रामजी विष्ट, राजेश राई, सोम तालाङ्गी, अनक भुजेल, दुर्गाप्रसाद अधिकारी, लीला कार्की, गोविन्द राजवंशी र भीमा मोते रहेका छन् ।

मेचीनगरमा तीन महिने जरा अभियान अन्तरगत नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको प्रथम नगर अधिवेशन सम्पन्न गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य मोहन विक, नेकपा एमाले जिल्ला कमिटी सदस्य भुपाल शिवाकोटी, क्षेत्रीय सचिव राजु पोखरेल, नगर अध्यक्ष राजु कार्की लगायतले पार्टीको ‘जरा’ अभियान र जनसांस्कृतिक महासंघको सन्दर्भमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

सम्बन्धित खबर