![](https://sajhamanch.com/wp-content/uploads/2025/02/death-1.jpg)
झापा । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ ।
माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्रामा सहभागी हल्दिबारी-१ की शिवाकोटीको यात्रा क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
यात्रामा बस चालकसहित ६१ जना यात्री सहभागी थिए । मृतकका श्रीमान चैतन्य शिवाकोटी पनि सोही यात्रामा सहभागी रहेको जनाइएको छ ।
भारतको प्रयागराजमा भएको यस घटनापछि शव नेपाल फर्काउने विषयमा कुल्फी प्रहरी र झापा प्रहरीले समन्वय गरिरहेको छ ।