२०८१ फागुन १, बिहिवार , १०:३३:२१ बजे

Sajhamanch
'

झापा कारागारमा रहेका भद्रपुरका सेलवालको मृत्यु

बिहिवार, फागुन १, २०८१

झापा । झापा कारागार भद्रपुरमा एक कैदीबन्दी मृत्यु भएको छ । ठगी मुद्दामा जेल परेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सेलवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलवार बिहान ११ बजे कारागारभित्र अचानक लडेर उनी बेहोस भएका थिए । उनलाई उपचारको लागि तत्काल प्रादेशिक अस्पताल भद्रपुर पुर्याएका थिए । तर, चिकित्सकले उनलाई मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

बिहिवार, फागुन १, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर