![](https://sajhamanch.com/wp-content/uploads/2025/02/bida.jpg)
झापा । सन्थाल समुदायको चाड सोहराय पर्व साथै धार्मिक तथा पर्यटकीय क्षेत्र किच्चकबध मेलाको अवसरमा झापाको पाँच वटा स्थानीय तहले आज बुधबार सार्वजनिक बिदा दिएका छन् ।
झापाको हल्दिबारी गाउँपालिका, बिर्तामोड, बाह्रदशी, झापा गाउँपालिका र कमल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् । पालिकाहरुले हिजो सूचना जारी गरी स्थानीय सार्वजनिक बिदा भएको जनाएका थिए ।
भद्रपुरको किच्चकबधमा बर्सेनि किच्चकबध मेला मनाइँदै आएको छ । सन्थाल समुदायले मनाउने ‘सोहराय’ पर्व उनीहरुको प्रमुख पर्व हो ।