२०८१ माघ २९, मङ्गलवार , १२:१३:०१ बजे

Sajhamanch
'

बिर्तामोड र कनकाईका दुई युवा ब्राउन सुगरसहित पक्राउ

मङ्गलवार, माघ २९, २०८१

झापा । झापामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड र कनकाईका दुई युवा रहेका छन् । हिजो साँझ ७ः३० बजे बिर्तामोड–६ स्यालडाँगी बस्ने २५ वर्षीय मोहम्मद मुक्तार मन्सुरी लागू औषधसहित पक्राउ परेका हुन् ।

आफ्नै घरमा लागू औषध सेवन गर्दै गरेको फेला पारी उनलाई प्रहरीले खानतलासी लिँदा प्लास्टिकसहित २ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र ४ ग्राम १५० मिलिग्राम गाँजा फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान कार्य जारी रहेको छ ।

त्यस्तै गएराति नै कनकाई –३ सुरुङ्गा बस्ने २५ वर्षीय मन्जित भनिने दर्पण वाग्ले लागू औषधसहित पक्राउ परेका छन् । राति ९ बजे झापा गाउँपालिका –३ फुलगाछीमा वाग्लेलाई शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लास्टिकसहित ४ ग्राम ७३ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर