२०८१ माघ २८, सोमवार , ०४:४३:०१ बजे

Sajhamanch
'

बिर्तामोडको भेनियर उद्योगमा काम गर्ने युवती झुन्डिइन्, ठेकेदार फरार

आइतवार, माघ २७, २०८१

झापा । बिर्तामोड नगरपालिका–३ सूर्यनगरस्थित रिद्धिसिद्धि भेनियर उद्योगमा काम गर्ने एक युवतीले झुन्डिएर आत्महत्या गरेपछि ठेकेदार फरार भएका छन् ।

गएराति रिद्धिसिद्धि भेनियर उद्योगको कामदार बस्ने क्वाटरभित्र कचनकवल गाउँपालिका वडा न.३ केचना बस्ने १७ वर्षीया रियाना खातुनले सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् ।

त्यसपछि ठेकेदार भारत अररिया बस्ने २५ वर्षीय बिजला मोहमद फरार भएका हुन् ।

बाँसको चित्राको घेराबारा, टिनको छानो भएको एकतले घरको कोठाभित्र दुईवटा बेडमा मृतक रियाना, मृतकका बहिनी १४ वर्षीया साजना खातुन र ठेकेदार मोहमद तीनै जना सुतेका थिए ।

आत्महत्या गरेको खबरपछि प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको कमाण्डमा टोली पुग्दा उक्त कोठाभित्र मृतकलाई ओछ्यानमा सुताइराखेको भेटिएको थियो । सो घटनापछि फरार भएका ठेकेदारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।

मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

सम्बन्धित खबर