![](https://sajhamanch.com/wp-content/uploads/2025/02/ताप्लेजुङ-झापा-सरोकार-समाज-.jpg)
बिर्तामोड । ताप्लेजुङ–झापा सरोकार समाजको पाँचौं अधिवेशनबाट अध्यक्षमा पुनः होमप्रसाद काफ्ले निर्विरोध चयन भएका छन् ।
समाजको आज शनिबार बिर्तामोडमा सम्पन्न दशौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चया गरिएको हो ।
समाजको उपाध्यक्षमा शिवप्रसाद खरेल, लक्ष्मी अधिकारी र सावित्रा ओडारी शिवाकोटी, सचिवमा ढाँचाराज कडरिया, सहसचिवमा रमेशचन्द्र पुरी र कोषाध्यक्षमा पदमबहादुर तामाङ चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरुमा नविन सिटौला, पदम पौडेल, देवीप्रसाद अधिकारी, तेजकुमार लिम्बू, कुमारी सेन्दाङ, अर्जुन खरेल, भीमबहादुर मोक्तान तामा र शेरबहादुर मादेन निर्वाचित भएको निर्वाचन समिति संयोजक नारायणप्रसाद चौंलागाईले जानकारी दिए ।
पंण्डित नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा आज सम्पन्न साधारण समामा संस्थाले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने राजेन्द्र सुवेदी, कमल गुरागाईं लगायत दातालाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथि राजेन्द्र सुवेदी, कमल गुरागाईं, इलाम झापा मैत्री समाजकी अध्यक्ष तिलोत्तमा खत्री लगायतले मन्तव्य राखेका थिए ।
समाजका सचिव उमानाथ प्याकुरेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शिवप्रसाद खरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।