२०८१ माघ २६, शनिवार , ०८:४६:५० बजे

Sajhamanch
'

नव ज्योति च्यालेन्ज कपः प्लानिङ ब्वाइज फाइनलमा

शनिवार, माघ २६, २०८१

बुद्धशान्ति । बि डिभिजन क्लब प्लानिङ ब्वाइज काठमाडौँ झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नवज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक नवज्योति युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो ।

प्लानिङ ब्वाइजका प्रताप राईले खेलको ५८औँ मिनेटमा गरेको एक गोल नै जितका लागि काफी भयो ।

खेलको प्लेयर अफ द म्याच गोलकर्ता प्रताप राई भए । उनले नगद ७ हजार र ट्रफी पाए ।

उपाधिका लागि अब प्लानिङ ब्वाइजले सुनसरीको न्यु स्टार एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताअन्तर्गत फाइनल खेल माघ २८ गते हुने क्लबका उपाध्यक्ष भरत खतिवडाले जानकारी दिए ।

सम्बन्धित खबर