२०८१ माघ २६, शनिवार , ०८:४३:५८ बजे

Sajhamanch
'

मेचीनगरमा ढक, तराजुको परीक्षण कार्य सकियो

शनिवार, माघ २६, २०८१

मेचीनगर । मेची उद्योग वाणिज्य संघको आयोजनामा गत माघ २१ गतेदेखि सुरु गरिएको व्यवसायीको नाप तौल मेसीनको परीक्षण शुक्रबार समापन गरिएको छ ।

मेची उद्योग वाणिज्य संघको आयोजना र गुणस्तर तथा नापतौल कार्यालय भद्रपुरको सहकार्यमा मेचीनगरका पसलहरुमा राखिएको नाप्ने र तौलने उपकरणको परीक्षण, जाँच, नवीकरण, अनुमति पत्र वितरण र अनुगमन कार्य शुक्रबार समापन भएको हो ।

मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले मेचीनगरका १०९ जना व्यवसायीले सदस्यता नविकरण गरेको जानकारी दिए ।

त्यस्तै १८९ जना व्यवसायीहरुले काँटा, ढक, लिटर, मिटर जाँच गरेर नवीकरण, नयाँ दर्ता र अनुमति पत्र लिएको उनले बताए । गतवर्ष भन्दा १७ प्रतिशत बढी व्यवसायीहरुले नाप तौलको परीक्षण र सदस्यता नवीकरण गरेको उनको भनाई छ ।

माघ २१ गतेदेखि सञ्चालन भएको नाप तौलको परीक्षणको पहिलो दिन मेचीनगर ६, काँकरभिट्टास्थित होटल दुवईल्याण्ड परिसरमा आयोजना गरिएको थियो ।

दोस्रो दिन मेचीनगर ७, ईटाभट्टास्थित उत्तम किराना पसल छेउमा, तेस्रो दिन संघको सचिवालय धुलाबारीमा, चौथो दिन धाइजन मोडस्थित अधिकारी एग्रो भेट्स छेउमा र पाँचौँ दिन चारआली पूर्व बसस्टेण्ड मंगलदीप सप्लायर्स छेउमा व्यवसायीहरुको नाप तौल मेसीनको परीक्षण गरिएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।

सम्बन्धित खबर