२०८१ माघ २५, शुक्रवार , ०८:४६:१३ बजे

Sajhamanch
'

अन्तरपालिका महिला फुटबल प्रतियोगिता शनिबार बिर्तामोडमा सुरु हुँदै

शुक्रवार, माघ २५, २०८१

बिर्तामोड । नगर खेलकुद विकास समिति बिर्तामोडले पहिलोपटक आयोजना गरेको अन्तरपालिका महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

भोलि माघ २६ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन गर्ने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । ‘पहिलोपटक महिलाहरूका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ’ अध्यक्ष गिरीको भनाई छ ।

पहिलो दिनको खेलमा बुद्धशान्ति र बिर्तामोडबीच प्रतिष्पर्धा हुनेगरी खेलतालिका तयार भएको पनि जनाइएको छ । प्रतियोगिताको विजेताले टिमले ३ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव विशन लिम्बूले बताए ।

सचिव लिम्बूका अनुसार डोमालाल राजवंशी रंगशालामा आयोजना गरिएको प्रतियोगितामा १० वटा पालिकाहरूको सहभागिता रहने निश्चित भएको छ ।

महिला फुटवल प्रतियोगिता आयोजना गर्न ३४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि प्याराफिट र मैदान तयार भइसकेको छ ।

यसैबीच, अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा क्रिकेट जित्ने पालिकाका खेलाडीहरुलाई ५० हजार नगदसहित पुरस्कृत गरिने क्रिकेट संयोजक विशाल अग्रवालले जानकारी दिएका छन् ।

सम्बन्धित खबर