![](https://sajhamanch.com/wp-content/uploads/2025/02/मेची-महाकाली-संयुक्त-बुहारी-आवाज-सामाजिक-काममा-अग्रसर-हुँदै1.jpg)
कमल । मेची महाकाली बुहारी संयुक्त आवाजद्वारा बिर्तामोडका एक परिवारलाई खाद्यान्न सहयोग र कमलका आगलागी पिडीत परिवारलाई राहात प्रदान गरेको छ ।
सो संस्थाले बिर्तामोड ७ निवासी गणेश मगरलाई ७ हजार रुयैयाँ बराबरको खाद्यान्न सामग्री र न्यानो कपडा प्रदान गरिएको हो । आर्थिक अवस्था कमजोर भएका मगरकी श्रीमती प्रेमाकुमारी सार्कीको सुत्केरी भएकै समयमा मृत्यू भएको र नवजात शिशुको पनि मृत्यु भएको खबर थाहा पाएर मेची महाकालीका बुहारीहरु दुखद घडीमा मगर परिवारको घरमा पुगेका हुन् ।
संस्थाले मगर परिवारलाई खाद्यान्नका साथै तीनजना छोराछोरीलाई न्यानो कपडा प्रदान गरिएको मेची महाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले जानकारी दिएकी हुन् ।
मगर परिवारलाई खाद्यान्न र न्यानो कपडा वितरणको संयोजना सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेलले गरेका थिए ।
त्यसैगरी कमल गाउँपालिका वडा नं. ५ सितापुरीमा आगालागी पिडीत दुई परिवारलाई नगद सहयोग गरिएको छ । केही दिन पहिले भएको आगलागीका कारण क्षति भोगिरहेका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।
आगालागी पिडीत मनिका राईलाई १५ हजार ३५५ र पिंकी राईलाई ५ हजार गरी जम्मा २० हजार ३५५ रुपैयाँ प्रदान गरेको मेची महाकाली बुहारी संयुक्त आवाज कमल गाउँपालिकाका संयोजक चन्द्रकला सुब्बाले बताइन् ।