२०८१ माघ २१, सोमवार , १०:४७:१८ बजे

Sajhamanch
'

काँकडभिट्टामा इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद

सोमवार, माघ २१, २०८१

झापा । झापाको काँकडभिट्टामा भन्सार छलीका इन्भर्टर र ब्याट्रीसहित तीन लाख बढीको सामान बरामद गरिएको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपमा लुकाइछिपाई ल्याउँदै वडोमस नामक मदिरा ९० बोतल, १२ भोल्टको ब्याट्री थान ४ र इन्भर्टर थान ३ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बसपार्कबाट बरामद गरेको हो ।

अन्दाजी ३ लाख ३५ हजार मुल्य बराबरको सो सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर