२०८१ माघ १७, बिहिवार , ०८:४०:०५ बजे

Sajhamanch
'

कांग्रेसको भातृ संगठन यातायात ब्यवसायी संघ झापामा नयाँ नेतृत्व

बुधवार, माघ १६, २०८१

बिर्तामोड । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ झापाको अध्यक्षमा तुलसी खड्का चयन भएका छन् । संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।

संघको प्रथम जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको निर्वाचन समिति संयोजक जयकुमार दाहालले जानकारी दिएका हुन् ।

समितिको उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा खगेन्द्र उप्रेती, सहसचिवमा सूर्य निरौला र कोषाध्यक्षमा मनोज थापा चयन भए

निर्वाचन समिति सदस्य इन्दु पूर्वेलीले दिएको जानकारी अनुसार समितिका सदस्यहरुमा कृष्णप्रसाद भण्डारी, तुलविक्रम तामाङ, ध्रुव ढकाल, मदन विष्ट, सन्तोष सुब्बा, श्रीप्रसाद खरेल, अनिलकुमार गुप्ता र बलिराम बास्कोटा चयन भएका छन् ।

नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले कोशीका अधिकांश जिल्लामा ब्यवसायी संघ गठनको सम्भावना रहेको बताउँदै अधिकांश ब्यवसायीलाई समेटेर संगठन मजबुद बनाउन आग्रह गरे ।

झापाका उत्तर–दक्षिण सडकको दुरावस्थाका कारण विगतमा यातायात सञ्चालन निकै कठिन रहेको चर्चा गर्दै उनले अहिले सडक सुविधायुक्त भएको र यातायात सञ्चालन सहज भएको चर्चा गरे ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र रिजाल, नेपाली कांग्रेस विर्तामोड नगर सभापति भोजराज सिटौला, यातायात मजदुर संघ झापाका अध्यक्ष यादवकुमार ओली लगायतले मन्तब्य राखेका थिए ।

संघका कोशी प्रदेश संयोजक टंक दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य ध्रुवराज घिमिरेले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन कोशी प्रदेश सचिव हरि थापाले गरेका थिए ।