झापा । झापाको दमकमा ७ जना जुवाडे पक्राउ परेका छन् । गएराति मध्यरातमा दमक– १० सेतुमारीस्थित खेतमा टिनको छानो भएको वरिपरि घेराबारा नभएको खुला गोठमा जुवा खेलिरहेका अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका –९ का चार जना, दमक १० का दुईजना र काठमाडौँ एक जना रहेका छन् । उनीहरूको साथबाट १६ थान कौडा र नगद १ लाख ७६ हजार ४९० रुपैयाँ बरामद भएको छ । उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।