२०८२ वैशाख १६, मङ्गलवार , ०८:२०:०४ बजे

Sajhamanch
'

जाहेरवाला र रविका वकिलले आज बहस गर्दै

शुक्रवार, माघ ११, २०८१

काठमाडौं । सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ ।रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट सातजना र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो ।

लामिछानेविरुद्धको मुद्दामा शुक्रबार सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।बुधबार नै अदालतमा हाजिर भएका लामिछानेलाई इजलासले पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो ।

सम्बन्धित खबर

जनकपुरमा जानकी जन्मोत्सव शुरु
मङ्गलवार, वैशाख १६, २०८२
आजको मौसम
मङ्गलवार, वैशाख १६, २०८२