२०८१ माघ ७, सोमवार , १२:४३:१५ बजे

Sajhamanch
'

प्रेमिकाले धोका दिएको भन्दै पुरुषले आफ्नै शरीरमा लगाए आगो

सोमवार, माघ ७, २०८१

झापा । मोरङको उर्लाबारी नगरपालिका–६ मा प्रेमिकाले धोका दिएको आरोप लगाएर एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् । झापाको दमक नगरपालिका वडा नम्बर–७ घर भएका ४० वर्षीय विनोद थापाले पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

उर्लाबारी नगरपालिका–६ स्थित अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले रातोपाटीलाई बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार हुँदैछ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । प्रहरीले इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको छ ।

सम्बन्धित खबर