कमल । कमलनगर जेसीजको वर्ष २५ का लागि अध्यक्षमा भिम अधिकारी निर्वाचित भएका छन् ।
शनिबार कमलपोखरी सामुदायिक भवनमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन् । जेसीजको कार्यकारिणी उपाध्यक्ष मनिषा कठायत र रोशन अधिकारी निर्वाचित भएको छ ।
उपाध्यक्षमा दिपा घिमिरे, अर्चना कार्की, मिलन पौडेल, कमल कटुवाल निर्वाचित भएका निर्वाचन आयुक्त नारायण बस्नेतले जानकारी दिए ।
त्यसैगरी तालिम निर्देशकमा भूमिका चापागाईं, जनसम्पर्क अधिकारीमा भिमकुमारी बस्नेत निर्वाचित भएको जनाइएको छ ।