२०८१ माघ ६, आइतवार , ०८:११:३६ बजे

Sajhamanch
'

साना किसानको स्वास्थ्य शिविरमा ११३ जनाले लिए सेवा

आइतवार, माघ ६, २०८१

भद्रपुर । साना किसान कृषि सहकारी संस्था लिमिटेड भद्रपुरको आयोजना एञ्जल पाउण्डेसन उर्लाबारीको संयोजना सम्पन्न एक दिने स्वास्थ्य शिविरमा ११३ जनाले सेवा लिएका छन् ।

पायल्स, फिष्टुला, फिसर तथा गुप्त रोग लक्षित निःशुल्क स्वास्थ्य शिविरमा सबैभन्दा धेरै पायल्सका ६५ जना विरामी भेटिएका छन् । शिविरमा जचाउन आएकामध्ये ३३ जना जटिल प्रकृतिका पायल्सको विरामी भएकाले शल्यक्रियाका लागि अस्पताल पठाइएको आयोजकले जनाएको छ ।

संस्थाका अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेप्सकुनका महासचिव घनश्याम अधिकारी, वीरेन्द्र मावि व्यवस्थापन समितिका अध्यक्ष अशारू राजवंशी, लगायतले मन्तव्य राखेका थिए ।

शिविरमा एञ्जल पाउण्डेसनका डा. टिकाराम अर्यालको नेतृत्वमा आएको विशेषज्ञ टोलीले स्वास्थ्य उपचार सेवा दिएका थिए ।

सम्बन्धित खबर