२०८१ माघ ३, बिहिवार , ०९:५३:०९ बजे

Sajhamanch
'

देउवा निवासमा आज पार्टीका मन्त्रीहरूको कामको समीक्षा हुँदै

बिहिवार, माघ ३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबैलाई बिहीबार बिहान छलफलका लागि बोलाएका छन्।

उनले कांग्रेसतर्फका मन्त्रीहरूलाई बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा छलफलका लागि बोलाएका हुन्।पार्टीतर्फका मन्त्रीले ६ महिनामा गरेको कामको प्रगति विवरण र समस्याबारे ब्रिफिङ गर्न देउवाले उनीहरूलाई बोलाएको उनका स्वकीय सचिव भानु देउवाले बताए।

सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री छन्। उनीहरूको कामका विषयमा गुनासो बढेपछि देउवाले छलफलका लागि बोलाएका हुन् ।

सम्बन्धित खबर