२०८१ माघ २, बुधवार , ०१:४५:५६ बजे

Sajhamanch
'

यस्तो बन्यो गिरीको नेतृत्वमा झापा गोल्डकपको नयाँ टिम

बुधवार, माघ २, २०८१

झापा । झापा गोल्डकपमा केदार गिरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । आज बिहान अध्यक्ष गिरीसँगै अन्य पदहरूमा पनि सर्वसम्मत चयन भएको हो ।

झापा गोल्डकपको अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीले उम्मेदवारी दिएका थिए । कार्कीले उम्मेदवारी फिर्ता लिएपछि गिरी सर्वसम्मत भएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । त्यस्तै, सहसचिवमा यादव पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि विष्णु सिग्देल सर्वसम्मत भएका छन् ।

त्यस्तै, सदस्यहरूमा श्याम श्रीवास्तव, किरण थापा, भूपेन्द्र भण्डारी, सुशील थापा, बिसन लिम्बू, दिपेन चौधरी, शैलेन्द्र कुरुङबाङ र एजाज अहमद अन्सारी सर्वसम्मत भएका छन् ।

यसअघि वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा दुईजना निर्विरोध भएका थिए । वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) निर्विरोध भएका थिए ।

त्यस्तै, माघ १ गते सचिवका उम्मेदवार प्रकाश शिवाकोटीले नाम फिर्ता लिएपछि अर्का उम्मेदवार बुद्ध तामाङ पनि निर्विरोध निर्वाचित भएका थिए ।

सम्बन्धित खबर