२०८१ माघ २, बुधवार , १०:२८:०८ बजे

Sajhamanch
'

झापा गोल्डकपको अध्यक्षमा केदार गिरी

बुधवार, माघ २, २०८१

झापा । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेकोमा कार्कीले नाम फिर्ता लिएपछि गिरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । यद्यपि यसको घोषणा हुन बाँकी रहेको छ ।

गिरी झापा गोल्डकपका कोषाध्यक्ष हुन् । उम्मेद्वारी दिएका बलराम कार्कीले उम्मेद्वारी फिर्ता लिएर आफूलाई समर्थन गरेको गिरीले जानकारी दिए ।