झापा । माघेसङ्क्रान्तिको अवसरमा झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल महोत्सव आयोजना भएको छ । महोत्सवमा नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ ।
तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रर्वद्धन गर्ने उद्देश्यले तीन दिने महोत्सवमा गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार महोत्सवमा भारतका चार वटासहित ३५ वटा प्रदर्शनी कक्ष रहेको छ ।
महोत्सवमा तरुलका विभिन्न प्रजाति बिक्रीका लागि राखिएका छन् । तरुलबाट बनाइएको मःम, पकौडा, छोयला, साँधेको अचार, तारेको फुरौलालगायत परिकार महोत्सवको आकर्षण बनेको छ ।
सिमल तरुल, घर तरुल, वन तरुल, सुठुनी तरुल, पताले तरुल, पिडालु, कच्छुलगायत विभिन्न प्रकारका तरुल बिक्रीमा राखिएको छ ।