भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् ।
शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार ८०० मतदाता रहेको रेडक्रसमा ४४१ मत खसेको थियो । महतले २५३ मत पाउँदा अर्का प्रत्यासी योगेन्द्र पौडेललाई १६८ मत आएको थियो ।
यस्तै सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी भए भने निकटतम् प्रतिस्पर्धी गणेश गिरीले १९० मतमा सिमिति हुनु परेको छ ।
उपसचिवमा प्रमिला कोइराला २२४ का साथ विजयी भइन् भने निकटतम प्रतिष्पर्धी तोर्णविक्रम कार्की १९३ मतमा सिमित रहन पुगेका छन् ।
उपशाखाको खुल्ला ४ सदस्य पदमा रमला बराल २६५, विकास कोइराला २२९, मित्र अधिकारी २१२, नुतन पौडेल १९१ मतका साथ विजयी भएको निर्वाचन समितिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।