कमल । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।
वडा नम्वर ७ गेउरियास्थित सृजनशील युवा क्लवको आयोजनामा विष्णुकठ्ठाको खेल मैदानमा फुटवल प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
“लागु औषध दुव्र्यसन विरुद्ध बोल, हाम्रो यो गोल” भन्ने नाराका साथ यही पुष २८ गतेदेखि माघ ५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सृजनशील युवा क्लवका अध्यक्ष निशान लामिछानेले बताए ।
प्रतियोगितामा आयोजक सृजनशील युवा क्लव ए र बिका साथै झापा र मोरङ्गका ८ वटा टिम गरी १० टिमबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्टले ३ हजार ५०० रुपैयाँ, इमर्जिङ प्लेयर, वेष्ट गोलकिप्पर, वेष्ट डिफेण्डर, प्लेयर अफ दि म्याचलाई जनही २ हजार ५०० नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव विक्रम निरौलाले बताए ।
फुटबल प्रतियोगिता सञ्चालनका लागि कमल गाउँपालिकाका साथै विभिन्न संघ–संस्थाबाट सहयोग प्राप्त भएको र प्रतियोगिता सञ्चालनबाट बचत भएको रकम लागु औषध दुव्र्यसन विरुद्ध खर्च गरिने खेल संयोजक जनक गुरुङले बताए ।