२०८१ माघ १०, बिहिवार , ०६:४१:५९ बजे

Sajhamanch
'

साहित्याकाशमा सिर्जना थप्दै डम्बर बस्नेत

सोमवार, पौष २२, २०८१

बिर्तामोड । हास्यब्यङ्ग्य निबन्धकार डम्बरबहादुर बस्नेतको ‘भताभुङ्गे चाला’ निबन्ध सङ्ग्रहको दोस्रो संस्करण आज सार्वजनिक गरिएको छ ।

बिर्तामोडस्थित कोहेड कलेजमा पुस्तकको नयाँ संस्करणको सार्वजनिकरण तथा परिचर्चा कार्यक्रम गरिएको हो । प्रगतिशील लेखक संघ झापाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद अधिकारीले गरेका थिए भने वरिष्ठ अधिवक्ता तथा साहित्यकार लीला उदासीको प्रमुख आतिथ्यमा सो कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उदासीले ब्यानर वाचन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा मञ्चासिन अतिथिहरुले कृति सार्वजनिक गरेका थिए ।

उक्त कृतिको परिचर्चा ह‍ोम सुवेदी र तारा विविधले गरेका थिए । कार्यक्रममा लेखक डम्बरबहादुर बस्नेतले लेखकीय मन्तब्य राखेका थिए ।

लेखक साहित्यकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उदासी र मेची क्याम्पसका पूर्व प्रमुख उमानाथ ओलीले लेखकलाई बधाई ज्ञापन गर्दै आफ्ना धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन दिलीप घिमिरेले गरेका थिए भने शाब्दिक स्वागत मायामितु न्यौपानेले गरेकी थिइन् । सो कार्यक्रममा साहित्यकारहरु तुलसीप्रसाद भट्टराई र झाँक्रीखालेले आफ्ना सिर्जना पस्किएका थिए भने टीका भट्टराई नेपाल र खगिन्द्रा खुसीले गीत गाएका थिए ।

सम्बन्धित खबर