२०८१ पौष १२, शुक्रवार , ०८:४५:१९ बजे

Sajhamanch
'

जाजरकोट केन्द्रविन्दु बनाएर एकाबिहानै भूकम्प

बिहिवार, पौष ११, २०८१

काठमाडौं । जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ।जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो।

सम्बन्धित खबर