२०८१ पौष १०, बुधवार , ०७:३८:५१ बजे

Sajhamanch
'

‘व्यवसायी राहत कोष’मा श्रेष्ठको २१,१२१ रुपैयाँ योगदान

मङ्गलवार, पौष ९, २०८१

बिर्तामोड । हाम्रो ढुवानी सेवाका सञ्चालक युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार १२१ रुपैयाँ योगदान गरेका छन् ।

संघको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा श्रेष्ठले उक्त रकम संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गरेका हुन् । संघले स्थापना गरेको कोष अत्यन्त राम्रो रहेको र कोषमा एक करोड रुपैयाँमात्र होइन, त्योभन्दा धेरै रकम जुटाएर व्यवसायीलाई आपत विपत परेको बेला सहयोग गर्नुपर्ने भावना भएका उनको तर्फबाट उक्त रकम आज हस्तान्तरण भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलको विशेष आतिथ्यमा आयोजित कार्यक्रममा वाणिज्य संघले श्रेष्ठलाई कदरपत्रसमेत प्रदान गरेको थियो । संघले स्थापना गरेको राहत कोषमा रकम वृद्धिका लागि सहयोग पुर्याएको भन्दै कदर पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा कोहिनुर ढुवानी सेवाका हेमराज अधिकारी, पूर्वाञ्चल वेकरीमा सञ्चालक प्रल्हाद अधिकारी, व्यवसायी नवीन भण्डारी, पूर्वेली ढुुवानी सेवाका सञ्चालक निर्मलराज खत्री, मोवाइल व्यवसायी महासंघका महासचिव सञ्जय शाह लगायतले श्रेष्ठको कार्यप्रति उच्च प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिववडाले गरेका थिए ।