बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ८ मा ३०२ मिटर सडक कालोपत्रे गरिएको छ ।
हर्चनाबाट किरण तिम्सिनाको घर हुँदै हल्दिबारी जोड्ने साढे ५ मिटर लम्बाईको उक्त सडकमा सोमबार कालोपत्रे गरिएको हो ।
बिर्तामोड नगरपालिकाको ३१ लाख २५ हजार ९४१ रुपैयाँको बजेटमा सडक कालोपत्रे गरिएको नगरपालिकाका ईन्जिनियर नरेन्द्र श्रेष्ठले जानकारी दिए । जिएनएस कन्स्ट्रक्सन हल्दिबारीले ठेक्का लिएर योजना सम्पन्न गरेको हो । जिएनएससँग गत २०८० जेठ २ गते नै सम्झौता भएको थियो ।
नगरपालिकाले यसपछि गोकुल जोशी मार्ग, वडा नम्बर १० स्थित मोहन चोकदेखि शिवालय जाने सडक, तारानाथ चोकदेखि पथ्थरभिटा जाने सडक, शहीद नेत्रमार्ग, प्रगतिनगर शंकरबाडी सडक लगायत अन्य विभिन्न सडकमा कालोपत्रे गर्ने छ ।
यसका लागि ठेक्का प्रक्रिया अघि बढाएको ईन्जिनियर श्रेष्ठले जानकारी दिएका छन् । बिर्तामोड नगरपालिकाले भत्किएका विभिन्न स्थानका कालोपत्रे सडकहरुमा मर्मत कार्यसमेत अघि बढाएको जनाइएको छ ।