२०८१ पौष १, सोमवार , १२:१२:३९ बजे

Sajhamanch
'

वडा नम्बर-९ स्थित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन

सोमवार, पौष १, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर-९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गरिन । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताइ्न ।

सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गरिन। कार्यक्रममा जग्गादाता तोमप्रसाद पाठक र तुलसा पाठकलाई नगर प्रमुख प्रसाईले खादा लगाएर सम्मान गरिन।

वडा नम्बर-९ का वडाअध्यक्ष हरिप्रसाद चौलागाईको अध्यक्षतामा आयोजित भवन उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य संगिता सिवा, वडासदस्य कल्पना राजवंशी, एमाले नेता लक्ष्मी मोते, विष्णुमाया कोइराला लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर