२०८१ पौष ७, आइतवार , ०१:३९:२७ बजे

Sajhamanch
'

झापामा चार लाख बढीको अवैध सामान बरामद

सोमवार, मंसिर २४, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ पिंङकीठ्याकबाट प्रहरीले चार लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अबैध रुपमा भन्सार छलि लैजाँदै गरेको १२ काटुन लाइटर र भारतबाट नेपालतर्फ ल्याउँदै गरेको कुर्था सुरुवाल २० पिस, उनको सुरुवाल १२ पिस, ट्र्याकसुट बच्चाको ३ जोर, लेडिज ब्याग २ पिस, चिनी २० केजी, नरिवल २ केजी, बिस्कुट ४ प्याकेट, पेडा १ बट्टा, ४ काटुन रङ, बिकाजि भुजिया १५ पिस, लेडिज पेन्ट २१ पिस, कुकर १ पिस, थाल ६ पिस, प्लेट १२ पिस, पान मसला ४० केजी गरी करिब ४ लाख २४ हजार ७३० बराबरको अवैध सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।