२०८१ पौष ८, सोमवार , ०२:०६:०९ बजे

Sajhamanch
'

निर्माण ब्यवसायीले दिए बृद्धबृद्धालाई कम्बल

आइतवार, मंसिर २३, २०८१

झापा । निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यवसायी संघ झापाले रचनात्मक ढंगले १७औं राष्ट्रिय निर्माण दिवस मनाएको छ ।

संघले शनिबार झापाको कनकाईधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर आश्रममा आश्रय लिएर बसिरहेका दुई दर्जनजति बृद्धबृद्धालाई जाडोमा न्यानोका लागि ओढ्ने कम्बल (ब्ल्यााङ्केट) वितरण गरेर दिवस मनाएको हो ।

शनिबार विहानै आश्रम पुगेका संघका अध्यक्ष मिलन बस्नेत, कोशी प्रदेश अध्यक्ष मोहनप्रसाद अधिकारी, अग्रज निर्माण व्यवसायी शेरबहादुर थापा, संघका पदाधिकारी, सदस्यलगायत निर्माण व्यवसायीहरुले कम्बल वितरण गरेका हुन् ।

आश्रम परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच कम्बल वितरण गरिएको थियो । संघका अध्यक्ष बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव पुष्पराज निरौलाले गरेका थिए ।

संघले सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा आश्रित बृद्धबृद्धालाई कम्बल वितरण गरिएको महासचिव निरौलालले बताए ।

संघले निर्माण दिवसकै अवसर पारेर शनिबार नै झापाको धार्मिक तथा पर्यटकीय स्थल धनुषकोटीधामको वनभोजस्थलमा बृहत वनभोज पनि आयोजना गरेको संघका कार्यालय सचिव ज्योति पौडेलले बताए ।

निर्माण व्यवसायी संघ झापाको १६औं वार्षिक साधारणसभा तथा अधिवेशन आगामी पुस पुस २१ र २२ गते बिर्तामोडमा गर्ने निर्णय भइसकेको छ ।

यो साधारणसभा तथा अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकोले झापाली निर्माण व्यवसायी माझ चुनावी चहलपहल पनि शुरु भइसकेको छ ।

सम्बन्धित खबर