झापा । बिर्तामोडका एक युवकले धारिलो हतियार खुकुरीले आफ्नै घाँटी रेटेका छन् ।
गएराति ११ बजे बिर्तामोड–२ बस्ने २७ वर्षीय सुमन थारुले खुकुरीले आफ्नै घाँटी रेटेका हुन् । गम्भीर अवस्थाका थारुको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । उनले घाँटी रेटेर आत्महत्या प्रयास गर्नुको कारण खुली नसकेको प्रहरीले जनाएको छ ।