२०८१ मंसिर १७, सोमवार , ०२:२१:५६ बजे

Sajhamanch
'

सुनसरीको रामधुनीबाट नियन्त्रित औषधी सहित १ जना पक्राउ

सोमवार, मंसिर १७, २०८१

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १६ गते राती बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोली बराहक्षेत्र नगरपालिका-६ घर भई रामधुनी-५ स्थितमा कोठा भाडा लिई बस्दै आएका २३ बर्षीय निवास श्रेष्ठलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २१९ क्याप्सुल नियन्त्रित औषधी सहित उनकै कोठाबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको छ ।

सोमवार, मंसिर १७, २०८१ | अपराध, समाज

सम्बन्धित खबर