२०८१ मंसिर २, आइतवार , ०३:५३:१४ बजे

Sajhamanch
'

बिर्तामोडमा खुल्यो दाँतको नयाँ अस्पताल

आइतवार, मंसिर २, २०८१

झापा । बिर्तामोडमा आजदेखि दाँत उपचारका लागि नयाँ क्लिनिक सञ्चालनमा ल्याइएको छ । नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड नामक सो क्लिनिकको सेवा बिर्तामोड आई हस्पिटलको तेस्रो तल्लामा सुरु गरिएको हो ।

काठमाडौंको लाजिम्पाटमा १८ वर्षदेखि सञ्चालित एडभान्स डेन्टल केयरले पहिलो ‘फ्रेन्चाइजी’का रुपमा बिर्तामोडमा सेवा सुरु गरेको जनाइएको छ । डा. समीर अर्याल र डा. ज्योति अर्याल दम्पत्तीले काठमाडौंको क्लिनिकबाट गुणस्तरीय सेवा दिइरहेकाले मोफसलका सेवाग्राहीको सुविधाको लागि झापामा ‘फ्रेन्चाइजी’ सुरु गरिएको उनीहरुले बताए ।

दाँत उपचारका लागि बजारमा धेरैवटा क्लिनिक सञ्चालनमा रहेको भए तापनि प्राविधिक रुपमा सुविधा सम्पन्न पहिलो डेन्टल क्लिनिक नेशनल एडभान्स डेन्टल केयर बिर्तामोड रहेको दावी गरिएको छ ।

नेशनल एडभान्स डेन्टल केयर बिर्तामोडको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पूर्व अर्थसचिव, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य, पूर्वराष्ट्रपति डा. रामबरण यादवका आर्थिक सल्लाहकार शम्भु शरणप्रसाद कायस्थले उद्घाटन गरिदिएका हुन् ।

विस्तृतमा जानकारीका लागि यो भिडियो हेर्नुहोला …..

https://fb.watch/vVtjVcz-Sw/

सम्बन्धित खबर