अर्जुनधारा । अर्जुनधारा-३ मा जारी चौंथो खुदुनाबारी गोल्डकपमा आजबाट सेमीफाइनलका खेलहरु सुरु हुँदै छ ।
गोलडकपको पहिलो सेमिफाइनलमा बिर्तामोड र शिवसताक्षी नगरपालिकाले फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्नेछन् ।
यी दुवै टोलीलाई प्रतियोगिताको बलियो टिमको रुपमा हेरीएको छ । फाइनल प्रवेशकालागि हुने भिड्न्त निक्कै रोचक हुने अनुमान गरिएको छ ।
बिर्तामोडले गौरादहलाई क्वाटर फाइनलमा ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तया गरेको हो भने, शिवसताक्षीले कनकाईलाई टाईब्रेकरमा पराजित गरेर सेमिफाइनलको भिड्न्त पक्का गरेको हो ।
अर्जुनधारा-३ खुदुनाबारीस्थित कैदले प्राकृतिक रंंगशालामा हुने खेल ३ बजे सुरु हुने छ ।
गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । गोल्डकपको फाइनल खेल मंसिर ५ गते हुने छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार २११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।
प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।