२०८१ कार्तिक २९, बिहिवार , ०३:४८:१७ बजे

Sajhamanch
'

इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरिँदै

सोमवार, कार्तिक २६, २०८१

काठमाडौं । इजरायलले प्यालेस्टाइनमा गरेको आक्रमणको विरोधमा आज काठमाडौंमा विरोध प्रदर्शन हुने भएको छ।

‘प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान नेपाल’को नामबाट दिउँसो एक बजे शान्तिबाटिकाबाट प्रदर्शन हुन लागेको हो।

इजरायलको जनसंहारबिरुध्द रहेका सबै दल, बृहद नागरिक आन्दोलन, संघसंस्थाहरुको सहभागितामा शान्तिबाटिका भेला भएर इजरायली राजदूतावास लाजिम्पाटमा ज्ञापनपत्र दिन जाने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र सन्चार सांस्कृतिक महाशाखाकी अध्यक्ष बिमला केसीले जानकारी दिइन्।

अभियानमा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, बृहत नागरिक आन्दोलन, नेपाल फर प्यालेस्टाइन पिपुल, प्यालेस्टाइन सोलिडारिटी नेपाल, पिपुल्स हेल्थ मुभमेण्ट नेपाल, विभिन्न ट्रेड युनियन संगठन तथा महासंघ, चिकित्सक, मानव अधिकारवादी संगठनको पनि प्रतिनिधित्व हुनेछ।

इजरायलले मानवीय नैतिकता तथा अन्तर्राष्ट्रिय कानूनहरुको उल्लंघन गरेको भन्दै प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन जान लागेको उनको भनाइ छ।

गत वर्ष अक्टुबर ७ यता इजरायलको आक्रमणबाट हालसम्म ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। शुरुमा इजरायलमा हमास लडाकुहरुले आक्रमण गर्दा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो। हमासले नियन्त्रणमा लिएको नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात छ।