काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार स्थानीय तहको उपचुनाव, समसामयिक राजनीति लगायतबारे बैठकमा छलफल गरी निर्णय गरिनेछ ।