२०८२ कार्तिक ३०, शनिवार , ११:०६:१८ बजे

Sajhamanch
'

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको हवाई भाडा ५० प्रतिशतले बढ्यो

शुक्रवार, कार्तिक १६, २०८१

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारको सूचना जारी गरेसँगै हवाई सेवा प्रदायकहरुले नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको भाडा ५० प्रतिशतसम्म बढाएका छन्।नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स–नाटाले मागभन्दा आपूर्ति कम भएपछि हवाई टिकट महँगो भएको जनाएको छ।

काठमाडौं–दिल्लीको एकतर्फी भाडा १२ हजारबाट ४० हजार पुर्‍याइएको छ। नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थल कात्तिक २३ देखि दैनिक १० घण्टा मर्मत गर्न सूचना जारी गरेसँगै हवाईसेवा प्रदायकले भाडा बढाएका हुन्।

नागरिक उड्डयन प्राधिकरणले धावनमार्ग विस्तारका लागि कात्तिक २३ देखि चैत १८ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द गर्न सूचना जारी गरेको छ। राति १० बजेदेखि बिहान १० बजेसम्म विमानस्थल बन्द हुने छ।

प्राधिकरणको सूचनासँगै निजी हवाईसेवा प्रदायक कम्पनीहरुले उडान संख्या कटौती हुने भन्दै मूल्य बढाए पनि नेपाल एयरलाईन्सले भने सेवा थप्न सकेको छैन।

सम्बन्धित खबर

आज देशभरको मौसम सफा रहने
शनिवार, कार्तिक ३०, २०८२
आज वर्षकै पहिलो एकादशी
शनिवार, कार्तिक ३०, २०८२