२०८१ पौष १०, बुधवार , ०२:५६:५८ बजे

Sajhamanch
'

नेप्से उच्च अङ्कले बढेर २६ सय ९२ विन्दुमा, शेयर कारोबार पनि बढ्यो

मङ्गलवार, कार्तिक १३, २०८१

काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्सुरेन्स र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन निफ्रा ऊर्जा ऋणपत्रको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो पाँच अर्ब ३४ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका एक करोड ३३ लाख कित्ता शेयर ६ अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीको २४ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सम्बन्धित खबर