२०८१ कार्तिक १०, शनिवार , ०७:२७:३७ बजे

Sajhamanch
'

कनकाई यातायात व्यावसायी संघमा नयाँ कार्यसमिति सर्वसम्मत

शनिवार, कार्तिक १०, २०८१

झापा । कनकाई यातायात व्यवसायी संघ झापाको २३औं साधरण सभाले कुलप्रसाद ओडारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

आज शनिबार संघको केन्द्रीय कार्यलयमा आयोजित साधरण सभाबाट उपाध्यक्षमा केदारनाथ ओडारी, सचिवमा कृष्णप्रसाद प्रसाई, सहसचिवमा प्रदिप ओडारी र कोषाध्यक्षमा गंगाराम ओडारी निर्वाचित भएका हुन् ।

संघको सदस्यहरुमा पदमप्रसाद खरेल, टिका ओडारी, रामचन्द्र खरेल र भरत ओडारी निर्वाचित भएको निर्वाचन समितिका संयोजक राजकुमार ओलीले जानकारी दिएका छन् ।

कोशी प्रदेशका सांसद गोपाल गजमेरको प्रमुख आतिथ्यमा आयोजना गरिएको साधरण सभालाई राष्टिय उपभोक्ता मन्च झापाका अध्यक्ष मदन गोपाल सुव्वा, आरती बुद्द बस सेवा प्रालिका सल्लाहकार पदम प्रसाई, समाजसेवी भिम ओडारी लगायतले मन्तव्य राख्दै कनकाइ यातायातले यातायात क्षेत्रमा लामो समयदेखि गरेको सामाजिक सेवाको चर्चा गरेका थिए ।

२०५१ साल मंसिर ५ गते झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय स्थापना गरी सेवा सन्चालन गरिएको कनकाई यातायातमा विगतमा ५५ वटा यातायातका साधनहरु थिए ।

सम्बन्धित खबर