२०८१ असोज ३०, बुधवार , ०६:०७:०३ बजे

Sajhamanch
'

भद्रपुर अस्पताल चोकमा निर्मित प्रतिक्षालयको उद्घाटन

बुधवार, असोज २३, २०८१

भद्रपुर । भद्रपुर ८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चोकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ ।

करिव ९ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले उद्घाटन गरेका हुन् ।

मेची अस्पताल आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर वि. सं. २०४१ सालमा तत्कालीन भद्रपुर जेसीजका अध्यक्ष गोविन्दचन्द छेत्रीको नेतृत्वमा निर्माण गरिएको प्रतिक्षालय जिर्णरूपमा रहिरहेकै अवस्थामा मेची राजमार्गको स्तरोन्नति भएपछि भत्काइएको थियो ।

प्रतिक्षालय भत्काइएपछि भद्रपुर ८ नम्वर वडा कार्यालयको समन्वयमा नगरपालिकाले गतवर्ष ८ लाख रकम विनियोजन गरेर कलाकार सञ्जय प्रधानको नेतृत्वमा बहुकलात्मक चौतारो निर्माण थालिएको थियो ।

भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेल, प्रतिक्षालय निर्माणका पूर्व संयोजक गोविन्दचन्द छेत्री लगायतको उपस्थिति रहेको थियो ।